ईरानका पास्टर युसुफ नदरखनी अहिले जेलमा छन्, उनलाई मृत्यूदण्डको सजाँय सुनाइएको छ, उनि जेलचलान हुनु अनि मृत्यूदण्डको सजाँय सुनाईनुको कारण उनि कुनै अपराधी भएर होइन । कारण एउटै छ , त्यो हो उनले ईस्लाम धर्म त्यागेर इसाई बने । धेरैपटक उनलाई इसाई धर्म छोडेर इस्लाम धर्ममा फर्केको खण्डमा सबै कारबाहीबाट मुक्त गरिने अनि मृत्यूदण्ड को सजाँय पनि नसुनाइने कुरा बताइयो तर उनले ती कुराहरु स्वीकारेनन्. पास्टर नदरखनीले बिगतको इसाईमतको इतिहासलाई फेरी एकपटक सम्झाउने काम गरेका छन् , उनले आफ्नो बिश्वासलाई जीवन भन्दा महत्वपूर्ण ठानेका छन् त्यो पनि ब्यबहारबाट , मुखबाट होईन । भजन ६३ को १ पदमा दाउदले भनेको कुरा (पानी नभएको ओबानो र सुख्खा जमिनमा मेरो प्राण तपांईको निम्ति तिर्खांउछ ) नदरखनिको जीवनमा प्रष्ट झल्केको छ । साथीहरु, हामीसंग पूर्ण स्वतन्त्रता छ, तर पूर्ण बिश्वास छैन । आउनुस् हामि प्रार्थना गरौँ प्रभुले पास्टर नदरखनीलाई सुनाइएको मृत्यूदण्ड बाट बचाउनु भएको होस् र हामी प्रत्येकलाई पनि त्यस्तै दह्रो विश्वासले भर्नुभएको होस् ।
प्रभुलाई धन्यबाद होस्, आजसम्म उहांले नदरखनीलाई जोगाईराख्नुभएको छ । तोकिएको समयअनुसार अहिलेसम्म नदरखनीले मृत्यूदण्ड पाइसकेका हुनेथिए । हामी जान्दछौं कि प्रभुले उहांका जनहरुको प्रार्थना त्यसै खेर जान दिनुहुन्न । प्रकाश १ को १८ अनुसार मृत्यु र पातालको सांचो हाम्रो प्रभुसंग मात्रै छ, त्यसकारण हामि पूर्ण रुपले बिश्वास गर्दछौं कि उहाँले हाम्रा प्रिय पास्टर नदरखनीलाई अवश्य बचाउनुहुनेछ । हामी प्रार्थनाबाट पछाडी नहटौं ।
No comments:
Post a Comment
Thanks for your comment.