तर म जान्दछु, मेरा उद्दारक जीवित हुनुहुन्छ, सबैभन्दा अन्तिम समयमा उहाँ पृथ्वीमा खडा हुनुहुनेछ । - अय्युब १९:२५/ किनभने जुन योजना हरु मैले तिमीहरुका निम्ति बनाएको छु, ती म जान्दछु ," परमप्रभु भन्नुहुन्छ ।" ती तिमीहरुका उन्नतिका निम्ति हुन् , नोक्सानीको निम्ति होइनन , तिमीहरुलाई आशा र भविष्य दिनलाई ।:-यर्मिया २९:११/ मेरो अनुरोध :- हाम्रो फेसबुक पेज लाइक गरेर यो ब्लगको नयाँ पोस्टहरुको बारेमा जानकारी पाउनुहोस:- "हामीहरुका सेनापती हुन हामी उनको पाइला पछ्याउदछौ।"

तिम्रोलागि

तिमीले सह्यौ कोर्राको चोट,मेरो लागि
मैले सहनु परेन तिम्रोलागि ।
तिमीले बोक्यौ पापको भारि, मेरो लागि
मैले बोक्नु परेन तिम्रोलागि ।
तिमीले लगायौ कांडाको मुकुट, मेरो लागि
मैले लगाउनु परेन तिम्रोलागि ।
तिमिले सह्यौ गिल्ला थुक अनि निन्दा, मेरो लागि
मैले सहनु परेन तिम्रोलागि ।
तिमीले भोग्यौ क्रूसको बन्धन, मेरो लागि
मैले भोग्नु परेन तिम्रोलागि ।
तिमीले बगायौ अन्तिम थोपा रगतपनि, मेरो लागि
मैले एकथोपा बगाउनु परेन तिम्रोलागि ।

यी सबै गर्यौ तिमीले,मेरो लागि,
मैले के गरौँ प्रभु तिम्रोलागि ?

आजको दिन मैले यो निर्णय गर्दैछु प्रभु तिम्रो लागि ।
तिमि क्रुसमा मर्यौ मेरो लागि, म संसारमा बांच्नेछु तिम्रो लागि ।

जसरि धर्मशास्त्रमा लेखिएको छ,
"उहाँ सबैका निम्ति मर्नुभयो, ताकि बाँच्नेहरु
अब उसो आफ्नै निम्ति बाँच्ने होइन,तर उहाँको
निम्ति बाँचुन, जो तिनीहरुका खातिर मर्नुभयो, र फेरी जीवित पारि उठाइनुभयो ।" २ कोरिन्थी ५: १६



तपाइँ, जो यो संदेश पढ्दै हुनुहुन्छ,

येशू मर्नुभयो तपाइंको लागि , अब तपाईं नबाँच्ने उहाँको लागि ? 

                                                                                                                          -Jagadish Pokharel

No comments:

Post a Comment

Thanks for your comment.