तर म जान्दछु, मेरा उद्दारक जीवित हुनुहुन्छ, सबैभन्दा अन्तिम समयमा उहाँ पृथ्वीमा खडा हुनुहुनेछ । - अय्युब १९:२५/ किनभने जुन योजना हरु मैले तिमीहरुका निम्ति बनाएको छु, ती म जान्दछु ," परमप्रभु भन्नुहुन्छ ।" ती तिमीहरुका उन्नतिका निम्ति हुन् , नोक्सानीको निम्ति होइनन , तिमीहरुलाई आशा र भविष्य दिनलाई ।:-यर्मिया २९:११/ मेरो अनुरोध :- हाम्रो फेसबुक पेज लाइक गरेर यो ब्लगको नयाँ पोस्टहरुको बारेमा जानकारी पाउनुहोस:- "हामीहरुका सेनापती हुन हामी उनको पाइला पछ्याउदछौ।"

अनलाइन नेपाली इसाइ एफ.एम रेडियो

साथीहरु आज मैले एउटा वेबसाईट फेला पारेको छु, जसले नेपाली, हिन्दी, अंग्रेजि लगायत अन्य दर्जनौं भाषाको इसाई गीतहरु चौबिसै घण्टा प्रसारण गर्दछ । बिशेष गरेर हामी नेपाली भाषीहरुको लागि यो निकै नै खाँचोको बिषय थियो। हाम्रा धेरै दाजुभाई तथा दिदिबहिनीहरु आजपनि देश बिदेशमा प्रभुको महिमाले भरिएका गीतहरुका लागि तिर्खाइरहनुभएको छ । उहाँहरुसँग समय हुँदाहुँदै पनि पर्याप्त गीतहरु नहुनाले गर्दा निराश बन्नु परिराखको छ ।

परमेश्वोरलाई महिमा भएको होस किनकी उहाँले हाम्रो सबै खांचोहरु पुरा गर्नुहुन्छ। जसरी धर्मशास्त्रमा लेखिएको छ :-
" मेरा परमेश्वोरले आफ्नो महिमामा उहाँको सम्पत्ति अनुसार तिमीहरुको हरेक खांचो ख्रीष्ट येशूमा पुरा गरिदिनुहुनेछ। " फिलिप्पी ४:१९

नेपाली इसाई गीतहरु मात्रै बज्ने रेडियो खोल्नका लागि यो link मा click गर्नुहोला।

www.jesuscomingfm.com/nepalifm

यो सन्देशलाई मैले बिशेष गरेर काम, पढाई अथवा अन्य कुनै कारणले बिदेशमा रहनुभएका हाम्रा प्रिय प्रभुका जनहरुमा समर्पित गरेको छु । यहाँहरुले पनि आफ्ना बिदेशमा रहेका आफन्त तथा साथीहरुमा यो खबर पुर्याइदिनुहुनेछ भन्ने मलाई आशा छ ।


No comments:

Post a Comment

Thanks for your comment.